20.1 C
Kathmandu
 

काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री, देशभर जाडो बढ्यो

काठमाडौँ, २५ मंसिर । दिन प्रति दिन देशभरको मौसम चिसिदै गएको छ । आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान ६ बजेतिर काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार डिग्रीकै आसपासमा छ । दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ ।

मौसमविद वरुण पौडेलकाअनुसार बादल लाग्ने र पानी पर्ने खास प्रणाली नरहेकाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम सफा रहने छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर