27.1 C
Kathmandu
 

डोटीमा शंकास्पद वस्तु फेला

डोटी, १९ जेठ-डोटीमा शंकास्पद वस्तु फेला परेको छ ।

दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय डोटीको मूल गेट निर्माण कार्य भइरहेको अवस्थामा भित्ता साइडको माटो खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको हो । पुरानो खिया लागेको शंकास्पद वस्तु तारसहितको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

सो स्थानलाई प्रहरीले सुरक्षित राखेर आवश्यक जाँचबुझका लागि नेपाली सेनाको प्राविधिक टोलीसँग जिल्ला प्रहरी कार्यालय डोटीले समन्वय गरिरहेको छ । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर