30.5 C
Kathmandu
 

कप्तान सुनिल क्षेत्रीको शानदार गोलसँगै भारतले जित्यो त्रि-नेसन कपको उपाधि

काठमाडौं, चैत १५ । कप्तान सुनिल क्षेत्रीको कीर्तिमानी गोलसँगै भारतद्धारा कीर्गिस्थान २–० गोल अन्तरले पराजित भएको छ ।

म्यानमार, कीर्गिस्तान र भारत तीन देश सम्मिलित प्रतियोगिताको उपाधि जित्नका लागि भारतले घरेलु मैदानमा म्यानमार र कीर्गिस्तानमाथि जित निकालेको हो ।

खुमन लाम्पक मेन स्टेडियम इम्पल भारतमा गएराति किर्गिस्तानलाई हराउँदै भारतले तीन देश सम्मिलित प्रतियोगितामा शानदार उपाधि जितेको हो ।

खेलमा कप्तान सुनिल क्षेत्री र सन्देश झिनगनले १ – १ गोल गरेका थिए । भारतको जितमा सन्देश झिनगन र कप्तान सुनिल क्षेत्रीले एक – एक गोल गरेका हुन् ।

सुनिलको कीर्तिमान किर्गिस्तानविरूद्ध गोल गरेसँगै सुनिल क्षेत्री पुरूषतर्फ फुटबलमा सर्वाधिक बढी गोल गर्ने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर