22.1 C
Kathmandu
 

गीतकार गीता गिरीको ‘पहरी फूल २’ ट्रेण्डिङको २४ औँ स्थानमा

काठमाडौं । गीतकार गीता गिरीको शब्द रहेको ‘पहरी फूल २’ ट्रेण्डिङमा पर्न सफल भएको छ । गायिका मिलन नेवार र गायक रवि ओडको स्वरमा सजिएको ‘पहरी फूल २’ यो समाचार तयार पार्दासम्म ट्रेण्डिगंको २४ औँ स्थानमा रहेको छ ।

गीतले अहिलेसम्म ११ लाख बढी दर्शक पाइसकेको छ भने टिकटकमा पनि यो गीत निकै रुचाइएको छ । राजु सिंहको संगीत रहेको सार्वजनिक गीतको भडियोमा पुष्प खड्का र बिना राउतलाई फिचरिङ गरिएको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा ‘पहरी फूल’को बारेमा वर्णन गरिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा श्रोता माझमा पुर्‍याउन पाउँदा खुशी लागेको गीतका निर्माता वसन्त घिमिरे बताउँछन् । निर्देशक केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा मनकृष्ण मर्हजनको छायांकन र बन्दे प्रसादको सम्पादन छ । हेर्नुहोस् भिडियो

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर