22.1 C
Kathmandu
 

केलियन एमबाप्पे चम्किँदा फ्रान्सले कतार विश्वकपमा अस्ट्रेलियामाथि ४ – १ को शानदार जित निकाल्यो

काठमाडौं, ७ मंसिर :

एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता फ्रान्सले कतार विश्वकपमा अस्ट्रेलियामाथि ४-१ को पुनरागमन जित निकालेको छ ।

मंगलबार राति दोहास्थित अल जानुब स्टेडियममा फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरेका थिए । यसैगरी एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरेका हुन् । अष्ट्रेलियाका क्रेग गुडविनले नवौंं मिनेटमा अग्रता दिलाएका थिए

खेलको २७औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । ३२औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २ -१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले सहज जित पायो ।

जितसँगै समूह डी मा फ्रान्सले पहिलो खेलमा तीनअंक जोडेको छ । हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर