स्पेनी क्लब रियल मड्रिडले इटालियन क्लब पीएसजीका फरवार्ड नेयमारलाई अनुबन्धित गर्नका लागि पीएसजीसामु ठूलो रकमको प्रस्ताव राखेको छ ।
ब्राजिलका स्ट्राइकर नेयमारको लागि रियलले ११० मिलियन पाउन्ड र २०१८ को बालोन डी ओर विजेता लुका मोड्रिचको प्रस्ताव राखेको बताइएको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रियलले लुका मोड्रिच र नेयमारलाई साट्ने प्रस्ताव गरेको हो, जसका लागि रियलले ११० मिलियन पाउन्ड पनि जोडेको छ । २७ वर्षीय नेयमारको बार्सिलोना फर्कने चहाना पूरा नहुने भएपछि उनलाई अनुबन्धित गर्न रिलयलले रुचि देखाएको हो ।
ब्राजिलियन स्टारको भविष्य पिएसजीमा अन्योल देखिएपछि रियलले नेयमारमाथि चासो देखाउनु ठूलो कुरा हो तर हजार्ड र लुका जोभिक जस्ता खेलाडी अनुबन्धित गरिसकेको हुनाले पनि नेयमारलाई ल्याउने यो रियललको अन्तिम प्रयास हुनसक्ने बताइएको छ ।
पीएसजीले नेयमारलाई सहजै नबेच्नुको मुख्य कारण सन् २०१७ मा उनलाई अनुबन्धित गर्नका लागि तिरेको १९८ मिलियन पाउन्ड बराबरको कीर्तिमानी रकम हो । जुन रकम तिर्न जुनसुकै क्लब समर्थ देखिँदैनन् ।