23.1 C
Kathmandu
 

चिठ्ठामा उपहार परेको भन्दै ठग्ने ४ युवक पक्राउ

चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने ४ युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरूलाई पक्राउ गरिएको हो ।

वीरगञ्ज महानगरपालिका–१८ नगवाका अक्षयकुमार चौरसिया, वडा नम्बर १६ का युवराज पासवान, वडा नम्बर १९ का वीरनारायण चौरसिया र वडा नम्बर २ छपकैयाका राहुलकुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

वीरगञ्जका १ व्यक्तिलाई २५ लाख भारतीय रुपैयाँको चिठ्ठा परेको भन्दै करबापत १ लाख रुपैयाँ माग गरी रकम झिक्ने क्रममा चारै जनालाई वीरगञ्जको भेडियाहीबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवाबाट प्रहरीले १ लाख ५ हजार रुपैयाँ, ठगीमा प्रयोग भएका ४ थान मोबाइल, आइएमआइको ७ वटा भौचर, विभिन्न बैंकका एटिएम कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी संगठित ठगी मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक ढकालले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर