10.1 C
Kathmandu
 

विश्व फुटबलका सबैभन्दा महँगा डिफेन्डर

काठमाडौं – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इंग्ल्याण्डका सेन्टर ब्याक ह्यारी मग्वाएरलाई लिसेस्टर सिटीबाट ८० मिलियन पाउण्डमा भित्र्याएको छ। जसले लिभरपुलका भर्जिल भ्यान डाइकलाई उछिन्दै मग्वाएर विश्वका सर्वाधिक महँगा डिफेन्डर बनेका छन्।

भ्यान डाइक २०१८ को जनावरीमा साउथह्याम्पटनबाट लिभरपुल जाँदा ७५ मिलियन पाउण्डमा सबैभन्दा महँगा डिफेन्डर बनेका थिए। अहिले २६ वर्षका मग्वाएरले युनाइटेडसँग ६ वर्षका लागि सम्झौता गरेका छन्।

समग्रमा प्रिमियर लिग क्लबको इतिहासमै मग्वाएर दोस्रा महँगा खेलाडी हुन्। युनाइटेडले नै पोउल पोग्वाका लागि ८९ मिलियन पाउण्ड खर्च गरेको थियो। यसका साथै बेलायती खेलाडीमा पनि मग्वाएर सबैभन्दा महँगा खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। उनीअघि रहेका वेल्सका ग्यारेथ बेललाई रियल मड्रिडले २०१३ मा ८५ मिलियन पाउण्ड खर्चिएको थियो।

‘म्यानचेस्टर युनाइटेडमा आउन पाउनु सबैभन्दा ठूलो अवसर हो। प्रशिक्षकसँग कुरा गर्दा पनि उनले टिमका लागि बनाएको योजना मलाई निकै मन परेको छ। अब नयाँ सिजनको प्रतिक्षामा छु’ मग्वाएरले भनेका छन्।

मग्वाएरका लागि युनाइटेडले गएको वर्ष नै इच्छा देखाएको थियो। तर त्यो समय उनका लागि ७० मिलियन पाउण्ड खर्च गर्नु ठूला रकम हुने भन्दै युनाइटेड पछि हट्यो।

लिसेस्टरमा गएको सेप्टेम्बरमा नै पाँच वर्षका लागि सम्झौतामा रहेका मग्वाएरले २०१७ मा हलसिटीबाट आएदेखि ६९ प्रिमियर लिग खेल खेलेका थिए। २०१४ मा हलसिटी आउनु अघि उनी सेफिल्ड युनाइटेडमा थिए, जहाँ १ सय ३९ प्रिमियर लिग खेल खेलेका थिए।

२०१७ को अगस्टमा इंग्ल्याण्ड राष्ट्रिय टिममा डेब्यू गरेका मग्वाएरको खेल रसिया विश्वकपका बेला पनि निकैले मन पराएका थिए।

मग्वाएर सबैभन्दा महँगा डिफेन्डर बनेसँगै भ्यान डाइकले त्यसले चुनौती थपिने प्रतिक्रिया दिएका छन्। सबैभन्दा महँगोको ट्याग लागेपछि जिम्मेवारी थप हुने हुँदा त्यसले आफूमा दबाव बढ्ने भ्यान डाइकको सल्लाह छ।

‘मग्वाएरलाई शुभकामना, म यो ट्रान्सफर र महँगा डिफेन्डरबारे थप केही भन्न सक्दिनँ, समय फेरिँदै जाँदा अवस्थाहरु पनि फेरिँदै जान्छन्। बजारको मूल्य बढ्दै जान्छ। यसले चुनौती र दबाव पनि बढ्छ नै, हुन त ठूला क्लबमा रहँदा दबाव त जहिले पनि हुन्छ’ भ्यान डाइकले भनेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर