24.1 C
Kathmandu
 

दलहरुको सहमतपछि अवरोध हट्यो,नेम्वाङको नेतृत्वमा विशेष समिति गठन

 २० साउन । संसदीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण २७ दिनदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारू भएको छ ।

प्रतिनिधिसभाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन भएको हाे ।समितिमा संयोजक नेम्वाङ छन् भने अन्य सदस्यमा उमाशंकर अरगरिया, देवप्रसाद गुरुङ, पुष्पा भुषाल गौतम, मीनेन्द्रप्रसाद रिजाल, लक्ष्मणलाल कर्ण र वृन्दा पाण्डे छन् ।

प्रतिनिधिसभा देखिएका विविध समस्या अध्ययन गरी सुझाव पेश गर्न ३० दिनको अवधि दिई सोमबार उक्त समिति गठन गरिएको हो । समिति गठनको प्रस्ताव संसदमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको थियो ।

आज बसेको सर्वदलीय बैठकमा संसदमा उत्पन्न हुने गतिरोधबारे संविधान, नियम र स्थापित परम्परा अनुसार अध्ययन गर्न ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएपछि सदनमा जारी अवरोध हटाउन विपक्षी दलहरु सहमत भएका थिए । प्रतिनिधि सभा नियमावली १ सय ७७ अनुसार संदस्दीय सुझाव समिति गठन गर्ने सहमतिपछि सदन सुचारू गर्न कांग्रेस र राजपा राजी भएका हुन् ।

सर्लाहीमा असार पहिलो साता नेकपा माओवादी विप्लव समूहका नेता कुमार पौडेलको प्रहरीको गोली लागेर भएको मृत्यु प्रकरणको छानबिनको माग राख्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले सदन अवरोध गर्दै आएका थिए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर