काठमाडौं । काठमाडौंमा दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सो सम्मेलन आयोजना गर्न लागिएको हो ।
युवाहरुलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सम्मेलन आयोजना हुने प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए । मन्त्री नेपालले युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्ने सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलनमा छनौटमा परेका पाँ सयभन्दा बढी युवा उद्यमीहरुसहभागी हुनेछन । सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफलहुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नेछन् ।सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिहरु’ विषयक अन्तरक्रिया पनि हुनेछ । कार्यक्रममा निजी क्षेत्रका सफल व्यवसायीहरुले पनि आफ्ना सफलताका कथाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।