काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार १० अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
ट्रेजरी बिलको बोलकबोल आज ३ बजे हुँदैछ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार ९१ दिनको लागि जारी हुन लागेको १० अर्बको ट्रेजरी बिल २०७६ कात्तिक १९ गते परिपक्व हुनेछ ।