19.1 C
Kathmandu
 

ललितपुर महानगरभित्र मंगलबार र बुधबार कोरोना खोप लगाइने

२४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको हो ।

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिए । प्रवक्ता महर्जनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर २ मंगलबार र बुधबार खोप लगाउन सकिने जानकारी दिए । सरकारले यस पटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ खोपको पहिलो डोज लगाउने निर्णय गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर