20.1 C
Kathmandu
 

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

२४ जेठ, काठमाडौं । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।  खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गाेलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । नेपालले अब आउँदो शुक्रवार  अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

जोर्डनविरुद्ध विगत

जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जसमध्ये दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो । सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो ।

२०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । तर त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालामा नेपालले जोर्डनसँग १–१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेम्जोङ मात्र अहिले नेपाली टिममा छन् । २०२२ को विश्वकप छनोट अन्तर्गत जोर्डनको अम्मानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

जोर्डनसँग हेड टु हेड

खेल : ३

जोर्डन जित : २

नेपाल जित :०

बराबरी : १

विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित

विश्वकप छनोट २०१९ जुलाई : १–१ को बराबरी

गोलकर्ता : भरत खवास

विश्वकप छनोट २०२१ अक्टोबर : नेपाल ३–० ले पराजित

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर