20.1 C
Kathmandu
 

आजको राशिफल : मेष उचित, मिथुन अत्युत्तम

२०७६, आषाढ २ गते सोमबार 

मेष : दिन उचित खालको छ । धर्मकर्मतिर रूचि बढ्नेछ । कामप्रति जोश, जाँगर पनि निकै बढ्नेछ । अरुबाट सहयोगको पाइनेछ ।

वृष : दिन प्रतिकूल छ । काममा विलम्ब हुनेछ । स साना समस्याले पिरोल्न सक्छ । मनमा अशान्ति हुनेछ । धैर्य गर्नु बुद्धिमानी रहनेछ ।

मिथुन : दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रेम प्रसंग चल्नेछ । मनोरञ्जन गरिनेछ ।

कर्कट : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । नयाँ कामको अवसर आउनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ ।

सिंह : दिन सार्थक छ । निर्णय क्षमताको विकास हुनेछ । मनमा चिन्ता कम हुने देखिन्छ । शरीर पनि स्वस्थ रहनेछ ।

कन्या : दिन प्रतिकूल छ । आँटेको काममा व्यवधान आउनसक्छ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

तुला : दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृश्चिक : दिन सार्थक छ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । हराएको धनमाल आउनेछ  ।

धनु : दिन भाग्योदयकारक छ । महŒवपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ ।

मकर : दिन प्रतिकूल छ । काममा व्यवधान आउनसक्छ । खर्चको मात्रा बढ्नेछ । हरेक काममा सचेतताको खाँचो रहनेछ ।

कुम्भ : दिन उत्तम छ । आयआर्जनमा वृद्धि हुनेछ । दीर्घकालीन काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ । विद्याबुद्धि बढ्नेछ ।

मीन : दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मुख्य काम हात लाग्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर