15.1 C
Kathmandu
 

नेकपाको बैठक बस्दै नबसि भोलिका लागि सारियोे

काठमाडौं, १० मंसिर । नेकपा कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठक भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्य विभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर