24.1 C
Kathmandu
 

डा. केसी फेरि अनशन बस्ने, पुस २ सम्म सरकारलाई अल्टिमेटम

काठमाडौं, १० मंसिर । डा. गोविन्द केसीले गत साउन १० गते आफूसँग गरेका सहमतिबमोजिम चिकित्सा शिक्षा ऐन ल्याउन सरकारलाई आगामी पुस २ गतेसम्मको ‘अल्टिमेटम’ दिनुभएको छ । आज त्रिवि शिक्षण अस्पताल महाराजगजमा पत्रकार सम्मेलन गरी डा. केसीले सम्झौता अक्षरशः लागू हुनेगरी संसदबाट अविलम्ब चिकित्सा शिक्षा विधेयक पारिन गराउन माग गर्नुभयो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिविका पदाधिकारी लगायतलाई तत्काल बर्खास्त गरी कारबाही गर्नुपर्ने र काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएस शुल्क तत्काल फिर्ता लिनुपर्ने माग पनि उहाँले दोहोर्याउनुभयो ।

डा. केसीले कन्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तको हत्याराहरुलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा गोली चलाउनेहरुमाथि फौजदारी मुद्दा चलाउन पनि माग गर्नुभयो । सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्ने व्यवस्था मिलाउन पनि उहाँले माग माग गर्नुभएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर