15.1 C
Kathmandu
 

अाजकाे राशिफलः मंसिर ७ गते, शुक्रबारको फलादेश

ज्योतिषवाणी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घर, गाडी जोड्ने योग छ । नयाँ साथीसंगीसंग मिलन हुनेछ । ज्ञानगुनका कुराहरुमा बढी रुचि होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अतृप्त भोजन मिल्नेछ । आर्थीकरुपमा सफलता मिल्नेछ । घरपरिवारबाट सुख मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

खर्च बढ्नेछ । सोचेअनुसारको सफलता नमिल्न सक्छ । हरेक काममा अवरोध आउँदा झर्को लाग्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यवसाय वृद्धि होला । हरेक काममा सफलता पाउनहुनेछ । घुमफिरको योग छ । रमाइलोसंग दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सम्पत्ति प्राप्तिको समय छ । घरपरिवारबाट राम्रो साथ मिल्नेछ । तपाईंको प्रशंसा गर्नेहरु धेरै हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चुनौतीहरु धेरै छन् तर, सहजै पुरा गर्नहुनेछ । अर्थोपार्जनका काममा व्यस्त हुने समय छ । ज्ञानगुनका पुस्तकहरुमा रुचि जाला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सजग रहनुहोला परायाबाट डर बढी होला । सम्मानमा आँच आउला । काममा बाधा आउन सक्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धन प्राप्तिको योग छ । हरेक काममा सफलता मिल्नेछ । मन प्रफुल्लित हुनेछ । रमाइलोसंग दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मन परेको मान्छे नजिक हुने योग छ । तपाईंको सुन्दरता रुपसंगै कामको सबैले तारिफ गर्ने छन् । हरेक काममा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धन लाभको समय छ । अचानक अर्थ प्राप्तिले मन खुशी हुनेछ । घुमफिरमा मन जानेछ । दिन रमाइलोसंग बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मलिनता छाउनेछ । काममा प्रगती नहुदा मनमा खिन्नता आउला । मन बेचैन हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साथीसंगीको राम्रो सहयोग मिल्नेछ । धन लाभको समय छ । समाजमा धेरैले प्रशंसा गर्नेछन् । दिन सोचेभन्दा राम्रोसंग बित्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर