17.1 C
Kathmandu
 

संविधान दिवसमा १७ खेलकर्मीलाई सम्मान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान तथा राष्ट्रिय दिवसका अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याएका १७ जना खेलाडीलाई सम्मान गर्ने घोषणा गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले खेलकुदमा योगदान पुर्याएका १७ खेलाडी तथा खेलकर्मीलाई विभिन्न मानपदवी र पदकबाट सम्मान गर्ने घोषणा गरेकी हुन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपतिले विभिन्न मानपदवी, अलंकार र पदकबाट ६ सय ३४ लाई विभूषित गर्ने घोषणा गर्दा खेलकुदबाट १७ जना परेका छन् । जसमा पूर्वकप्तान तथा राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का, दुबई जुनियर ब्याडमिन्टन सिरिजका ऐतिहासिक स्वर्ण विजेता प्रिन्स दाहाल, महिला फुटबल टोलीकी साबित्रा भण्डारी, गत वर्ष विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका महेश्वर महर्जन र एसियाली जुनियर एथलेटिक्स च्याम्पियन अजितकुमार यादव छन् ।

यस्तै कराते प्रशिक्षक दीपक श्रेष्ठ, महिला रेस्लर भगवति खड्का, भारोत्तोलन खेलाडी टिकाकुमारी पुन र सूर्यकुमारी गुरुङ, राष्ट्रिय क्रिकेट टोलीका सोमपाल कामी, अजय तामाङ, महिमा कोइराला छन् ।

यस्तै भलिबलकी रेश्मा भण्डारी, पौडी खेलाडी गौरिका सिंह, फुटबलका टंकबहादुर कार्की तथा पुनम राई र निरु थापा छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर