13.2 C
Kathmandu
 

क्रिकेटर कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गर्ने

बुटवल, चैत ३ -रूपन्देहीका कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले आर्थिकसहित सम्मान गर्ने भएको छ। आइसिसी क्रिकेट विश्वकप २ एक दिवसीय प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेको भन्दै नगरपालिकाले आर्थिकसहित सम्मान गर्ने भएको हो ।

शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो। खेलाडी भुर्तेलले सानो उमेरमै क्रिकेट खेलमार्फत् देशकै नाम ऊँचो बनाएको भन्दै सम्मान गर्ने निर्णय गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान भुर्तेलले बिहीबार युएई सँगको एक दिवसीय प्रतियोगितामा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका थिए।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर