13.2 C
Kathmandu
 

आज प्रतितोला चार सय रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ चैत, काठमाडौं । सुनको भाउ बढ्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्ड नजिक हो। यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख छ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर