10.1 C
Kathmandu
 

झापा ५ बाट दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित

दमक, ७ मंसिर : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् ।

एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर