10.1 C
Kathmandu
 

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

काठमाडौं, ७ मंसिर : सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको छ ।

खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् ।

खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै क्रोएसियाले जित्नका लागि संघर्ष गरेको थियो । तर पनि गोल गर्न सकेन ।

३५ प्रतिसत समय मात्र बलमा नियन्त्रण लिए पनि मोरोक्कोले राम्रा अवसर सिर्जना गरे पनि गोल हुन सकेन। समूह ‘एफ’अन्तर्गत आजै राति बेल्जियम र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । आजै राति समूह ‘ई’का पनि दुई खेल हुँदैछन् । समूह ‘ई’को जर्मनी राति पौने सात बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर