10.1 C
Kathmandu
 

मौनी र सनी लियोनीको नाममा करोडौंको ठगेर भाग्य को हुन् ?

काठमाडौं । आज साँझ अर्थात नोभेम्बर २० तारिखमा लखनऊको एकना स्टेडियममा बलिउडका चर्चित कलाकारहरु जाने भनिएको कायृक्रम अन्तिम समयमा आएर रद्ध गरिउको छ ।

बलिउडका चलेका कलाकारहरु, अभिनेता टाइगर श्राफ, गायक गुरु रन्धावा सहित सचेत परम्परा टन्डनको ठूलो सांगीतिक कन्सर्टको आयोजना गर्ने भनिएको भएता पनि कार्यक्रमको नाममा करोडौंको टिकट बेचेर आयोजक फरार भएको प्रहरीले जनाएको छ ।

जसका लागि एकना स्टेडियम १।५ करोडमा बुक गरिएको थियो भने ११ लाख अग्रिम रकम पनि जम्मा गरिएको थियो । यसै क्रममा दर्शकलाई ४९९ रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मको टिकट बिक्री भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

उक्त सांगीतिक कन्सर्टका आयोजक विराज अरविन्द त्रिवेदी, उनकी श्रीमती श्वेता त्रिवेदी, बहिनी जयन्ती, भाइ डेरावली, मौलिक र सुविधा फाउण्डेशनका निर्देशक समिर शर्माले आफूलाई ठगी गरेको भाटियाले आरोप लगाएका छन् ।

यो कार्यक्रमका लागि विराज अरविन्द त्रिवेदीले रणदीप भाटियालाई हाउस किपिङको काम दिएको आरोप लागेको छ । आयोजकले कुनै पनि कलाकारलाई पैसा नदिएको र कार्यक्रम रद्द हुने जानकारी पाएपछि उजुरीकर्ताले गत नोभेम्बर १ मा आफ्नो पैसा फिर्ता मागेका थिए थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर