22.1 C
Kathmandu
 

आज सुनको मूल्य बढ्यो, चाँदी भने घट्यो

२ मंसिर, काठमाडौं । मंसिरको दोश्रो दिन सुनको मूल्य महंगिएको छ । शुक्रबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने यस दिन सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंसिर १ गते भने सुनको मूल्यमा सस्तिएको थियो । हिजो सुन प्रतितोला ४०० रुपैयाँले गिरावट भएर ९८ हजार रुपैयाँमा झरेको थियो । साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने ओरालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार पनि चाँदी तोलामा १० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर