काठमाडौं । नायिका वर्षा शिवाकोटीलार्य बौद्धिक नायिकाको कोटीमा राखिन्छ । सामाजिक संजालमा बेला बेलामा झुल्किने र बेलाबेलामा हराउने यी सुन्दरीले अचानक विकाह गरेर सबैलाई चकित पारिन् । त्यसपछि उनको पतिसँग सम्बन्ध विग्रिएको चर्चा समेत चल्यो । व्यक्तिगत जीवनका कारण चर्चामा आइरहने वर्षा यती हुँदा पनि केही बोलीनन् ।
गत वैशाखमा अमेरिका बस्ने आशिष गलालसँग विवाह बन्धनमा बाँधिएकी उनले दशैंअघि श्रीमानसँगका तस्विरहरु सामाजिक सञ्जालबाट हटाएपछि धेरैले सम्बन्धका बारेमा प्रश्न उठाउँदा समेत नबालेकी वर्षाले अहिले आएर सामाजिक संजालमा प्रतिक्रिया दिँदै भनेकी छिन् ‘मौन बसे घमण्ड, केही बोले बहस’ । वर्षाको यो भनाईले वर्षाले प्रतिक्रिया त दिइन् तर घुमाउरो शैलीमा ।
विबाहपछि अमेरिका गएर फर्किए लगत्तै विवाहको क्रममा श्रीमानसँग खिचिएका तस्विरहरु धमाधम हटाएपछि वर्षाको सम्बन्ध बिग्रिएको विषयमा गाईगुई सुरु भयो । अमेरिका जानु अघि पति र आफ्ना तस्विरहरु बेला बेलामा फेरिरहने वर्षाले नेपाल फर्किएपछि भने श्रीमानलाई सम्झँदै स्टोरी पोस्ट गरेकी छैनन् । तर बिहिबार वर्षाले एक्कासी अलिेसम्म मिडियाले गरेका प्रश्न र उब्जाएको शंकाको उत्तर दिँदै भनेकी छिन् ‘मौन बसे घमण्ड, केही बोले बहस ।’ उनले बिहीवार फेसबुकमा एक तस्विर पोष्ट गर्दै घुमाउरो क्याप्सन लेखेकी हुन् ।