17.1 C
Kathmandu
 

शनिबार हुने भनिएकाे एमबीबीएस प्रवेश परीक्षा स्थगित गर्न आईओएमलाई सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाण्डाै – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत एमबीबीएसमा नयाँ भर्नाका लागि शनिबार हुन लागेको प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भोलि हुने आईओएमको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो । चिकित्सा शिक्षा ऐन विपरीत आईओएममा परीक्षा हुन लागेको भन्दै आयुष ओझाले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

सर्वोच्चले तत्काल परीक्षा स्थगीत गर्न भनेर आउँदो २५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । चिकित्सा शिक्षा ऐनमा मेडिकल विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको भए पनि ऐन कार्यान्वयन नभएको भन्दै मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीले विरोध गर्दै आएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर