20.1 C
Kathmandu
 

प्रतिनिधिसभाको बैठक आज बस्दै, विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेर हुने


 प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रतिनिधिसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेर हुने संसद सचिवालयले जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले आजको बैठकमा विरुवा संरक्षण पहिलो संशोधन विद्येयक, २०७५ र बिउ बिजन दोस्रो संशोधन विद्येयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ ।
त्यस्तै, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रिय खेलकुल विकास विद्येयक प्रस्ताव पेश गर्नु हुनेछ ।

सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको प्रहरी समायोजन विद्येयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको वातावरण संरक्षण विद्येयक प्रस्तुत गर्नुहुनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर