10.1 C
Kathmandu
 

नबिल बैंकले सुरु गर्‍यो अनलाइनबाटै कर्जा आवेदन दिन मिल्ने सेवा

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सञ्चालन गरेको छ । बैंकको वेबसाइटमा गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यो सुविधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यानुरूप गरिएको जनाइएको छ । बैंकले आधिकारिक वेबसाइटमार्फत ऋण कर्जाको लागि आवेदन दिने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको जनाएको छ ।

यो सुविधा बैंकको ‘नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अभियानअन्तर्गत रहेको जनाइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर