16.1 C
Kathmandu
 

पछिल्लो २४ घण्टामा मुलुकभर ११० जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु

११ फागुन, काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ। पछिल्लो २४ घन्टामा १०२ जना निको भएर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६५ पुगेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर