एजेन्सी । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
संयुक्त राष्ट्र संघको मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुस सहित उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिका सहित एक सयभन्दा बढीको मृत्यु भएको बताउनुभएको छ ।
उहाँले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताउनुभयो । रुसले भने नागरिक बस्ने ठाउँमा आफूहरुले हवाई आक्रमण नगरेको जनाएको छ । सिरिया सरकारले भने अल कायदासँग जोडिएका जिहादीले युद्धविराम उल्लंघन गरेकाले कारबाही गर्नुपरेको जनाएको छ