19.1 C
Kathmandu
 

गर्मी छल्न नदीमा पौडी खेल्न गएका ३ युवकको डुबेर ज्यान गयो

कपिलवस्तु – शिवराज नगरपालिका वडा नं. २ हल्लानगरस्थित सुरही नदीमा डुबेर ३ जना युवकको मंगलबार दिउँसो ज्यान गएको छ ।

गर्मी छल्न नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाउनेमा विजयनगर गाउँपालिका वडा नम्बर ६ का १७ वर्षीय आशिष भट्टराई, १८ वर्षीय सुमित सुनार र १७ वर्षीय निरञ्जन भुषाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युवकहरु डुबेको खबर पाएपछि नदीमा पुगेको प्रहरी टोलीले युवकहरुलाई मृत अवस्थामा पानीबाट बाहिर निकालेका थिए ।

अधिक गर्मी भएपछि गर्मी छल्ल उनीहरु नदीमा पौडी खेल्न गएका थिए । ३ युवकहरुको मृत्युपछि अहिले विजयनगर गाउँपालिका वडा नं. ३ शोकमा डुबेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर