25.1 C
Kathmandu
 

टस जितेर ब्याटिङ गर्दै इङ्ल्यान्ड

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमाअन्तर्गत अहिले उपाधि दावेदार इङल्यान्ड र अफगानिस्तान भिड्दैछन् । म्यानचेस्टर अफगानिस्तानविरुद्ध इङल्यान्डले टस जितेको पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अफगानिस्तान केहिबेरमा इङ्ल्यान्डविरुद्ध बलिङ गर्नेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफुलाई बलियो बनाउने योजनामा हुनेछन् । इङ्ल्यान्ड आजको खेलमा अफगानिस्तानलाई पराजित गर्दै लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । इङ्ल्यान्ड यस अघिका ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्यान्डको ६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छन् ।
यता अंक तालिकाको अन्तिम स्थानमा रहेको अफगानिस्तानलाई हराउँदै न्युजिल्याण्डसँग अंक बराबरी गर्ने योजनामा हुनेछ । अफगानिस्तान भने पहिलो जितको योजनामा हुनेछ । यसअघि ४ खेलमा अफगानिस्तानले ४ खेलमा चारै खेलमा पराजित भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर