23.1 C
Kathmandu
 

भारतद्वारा वेस्ट ईन्डीजविरुद्धको टेस्ट श्रीङ्खला क्लिनस्विप,दोश्रो म्याचमा भारत १० बिकेटले बिजयी

काठमाडाैं – वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । जितसँगै भारतले दुई टेष्टको श्रृखंला क्लिनस्विप गरेको छ ।

दक्षिण अफ्रिका र इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला गुमाएर आलोचित बनेको भारतीय टाेलीले उत्कृष्ट कमब्याक गरेको छ ।

भारतको हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज पहिलो पारीमा तीन सय ११ रनमा अलआउट भयो । वेष्ट इन्डिजका लागि रोस्टन चेसले एक सय ६ रनको योगदान गरे ।

बलिङ तर्फ उमेश यादवले ६ विकेट लिए । जवाफमा भारतले पहिलो पारीमा तीन सय ६७ रन बनायो । उसका लागि रिशव पन्तले ९२ तथा अजिन्क्या राहाणेले ८० रन बनाए ।

दोस्रो पारीमा वेष्ट इन्डिज एक सय २७ रनमै समेटिन पुग्यो । उसका कुनैपनि खेलाडीले ५० रन पुरा गर्न सकेनन् ।

दोस्रो पारीमा वेष्ट इन्डिजलाई सस्तैमा आउट गर्न उमेश यादवले ४ तथा रविन्द्र जडेजाले तीन विकेट लिए । भारतीय भूमिमा फितलो बनेको वेष्ट इन्डिजले ७२ रनको झिनाे लक्ष्य दियो । जसलाई भारतले १६ ओभर एक बलमा पुरा गर्‌याे । दोश्रो पारीमा पृथ्वी शा र के.एल राहुल समान ३३,३३ रन जोडदै अबिजित रहे ।

खेलमा कुल १० विकेट लिएका उमेश यादव म्यान अफ दी म्याच बने भने दुवै म्याचमा उत्कृष्ट ब्याटीङ गरेका १८ बर्षीय ओपनर ब्याट्सम्यान पृथ्वी शा आफ्नो डेब्यु श्रृखंलामै म्यान अफ दि सिरीज बनेका छन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर