7.8 C
Kathmandu
 

उपचुनाव लड्ने कुनै योजना छैनः नारायणकाजी

२७ असोज, गोरखा । नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले उपचुनाव लड्ने कुनै योजना नरहेको बताएका छन् ।

श्रेष्ठ गोरखा १ मा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । बर्दिया १ मा चुनाव हारेका नेकपाका अर्का नेता वामदेव गौतमले चुनाव लड्न मरिहत्ते गरेका छन् । पछिल्लो पटक उनले काठमाडौं ७ मा चुनाव लड्न रामवीर मानन्धरलाई राजीनामा गराउन सहमत गराएका थिए ।

तर, चौतर्फी आलोचना भएपछि गौतम तत्काल उपचुनाव नलड्ने निर्णयमा पुगेको छन् ।

शनिबार एक कार्यक्रमका लागि गोरखा आएका नेकपाका अर्का नेता श्रेष्ठलाई पनि सञ्चारकर्मीहरुले यही प्रश्न सोधे । तर, पूर्वपराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले उपचुनावको निर्वाचन लड्ने कुनै योजना नभएको बताए । ‘उपनिर्वाचनमा लड्ने मेरो कुनै योजना छैन’ उनले भने, ‘कसैले प्रस्ताव राखेपनि म स्वीकार गर्दिन ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर