15.1 C
Kathmandu
 

म्याग्दीमा हिम पहिराेमा परि ४ नेपाली सहित ८ जनाकाे मृत्यु

म्याग्दीको गुर्जा हिमालमा गएको हिम पहिरोमा परि ४ जना नेपालीसहित ८ जनाकाे मृत्यु भएकाे छ । एक जना बेपत्ता छन् ।

बेपत्ता हुनेमध्ये प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीबाट गएका पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु रहेका छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले दिएको जानकारी अनुसार बेपत्ता हुनेको खोजी कार्य जारी रहेको छ । घटनास्थल विकट रहेकाले उद्धार कार्यमा कठिनाई भएको उनले जानकारी दिए । उनले आज बिहान उद्धारका लागि पोखराबाट गएको हेलिकप्टर अवतरण हुन नसकी फर्किएको छ ।

हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोलीको हावाहुरीले टेन्ट उडाएपछि बेपत्ता भएको हाे । हिमाल आसपासका क्षेत्रमा रहेको जङ्गलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएको उनले जानकारी दिए ।

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालमा एक दशकपछि मात्रै आरोहणका लागि अनुमति दिइएको थियो

#साभार- केन्द्बबिन्दु

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर