युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ। ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार जनाएका छन्।
बुडुडा जिल्लाको बुकालासीमा भएको घटनामा परेकाहरुलाई उद्धारका लागि स्थानीय उद्धारकर्ताहरु खटिएका थिए। उद्धारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन्।
अहिलेसम्म कम्तीमा ३४ जनाको मृत्यु भएको पुष्टी भएको छ, अरू कति बेपत्ता भएका छन् भन्ने बारेमा चाँडै नै यकिन गर्न हामी प्रयास गरिरहेका छौं,’ युगाण्डा रेडक्रसका प्रवक्ता इरेन नाकासिताले भने। बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि आवश्यक सम्पू्र्ण प्रयास भइरहेको दिए। अत्यधिक वर्षापछि आएको बाढीले नदीको बहाब पनि बढाएर पहिरो खसेको उद्धारकर्ताहरुले जानकारी दिएका छन्। पहिरोसँगै ठूलाठूला र धेरै ढुङ्गासमेत रहेकाले धेरै असर परेको र उद्धार कार्यमा कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।