25.1 C
Kathmandu
 

फेरि ‘साइँली र माइली पोइला गएछन्’

काठमाडौं– ‘साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारेर…’

कुनै बेलाको अत्यन्त लोकप्रिय मध्येमा पर्छ यो गीत। तर, आजसम्म पनि यसको चर्चा र सान्दर्भिकता उत्तिकै छ। मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतमा तयार भएको यस गीतमा उदितनारायण झा तथा मधु क्षेत्रीले आवाज दिएका थिए।

नयाँ पुस्ताले पनि गुन्गुनाइरहने यस गीतलाई अहिले फरक स्वाद र नयाँ शैलीमा प्रस्तुत गरिएको छ। पछिल्लो संस्करणमा गायक राज के गोस्वामीले आजावमार्फत नयाँपन दिने कोशिष गरेका छन्। गोस्वामीले यस गीतका ‘ओरिजनल’ गीतकार तथा संगीतकार भट्टराईसँग अनुमति लिएर पुन: रेकर्डिङ गराएका हुन्। गीतमा किरण तुलाधरले संगीत संयोजन गरेका छन्।

ठट्यौली गीत भएकाले निर्देशक शान थापाले भिडियोलाई पनि सोही मुताविक पस्किने कोशिष गरेका छन्। भिडियोमा हास्यकलाकार सन्दिप क्षेत्रीलाई मुख्य पात्रको रुपमा उभ्याइएको छ भने एलिशा राई र करिस्मा ढकालले साइँली र माइलीको भूमिका निर्वाह गरेका छन्। हास्यरसलाई प्रधान मानेर तयार गरिएको भिडियोमा गाउँका साइँली र माइलीले छोडेर गएपछि सडकमा आएका युवाको कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ।

भिडियो हेर्नुहोस्

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर