धादिङ — चाडबाडका बेला अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा बुधबारदेखि रोक लगाइएको छ । एक सातासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले बताए ।
चाडपपर्व मनाउन राजधानीबाट बाहिरिने सवारीसाधनको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो। यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ।