27.1 C
Kathmandu
 

एन्फा-क्लब बिबादः आजवाट कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने

काठमाडौं, १९ जेठ । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजवाट स्थगित हुन पुगेको छ ।

जुन १५ गते देखी सुरु हुन लागेको साफ च्याम्पियनसिपका तयारीका लागि हिजोवाट सुरु भएको प्रशिक्षण आजवाट स्थगित भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग जारी रहेको बखतमा खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको भन्दै क्लबहरुले असहमति जनाएपछि आजवाट प्रशिक्षण बन्द गरिएको हो ।

‘यही जुन २१ वाट सुरु हुने साफ च्याम्पियनसिप र सोका लागि तयारी स्वरुप जुन १५ मा फिलिपिन्ससँग नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्न लागेको मैत्रीपुर्ण खेलका लागि मिति २०८० जेठ १८ वाट राष्ट्रिय टोलीले शुरु गरेको प्रशिक्षण मिति २०८० जेठ १९ गते बिहान दशरथ रंगशालामा पुर्वनिर्धारित समयमा हुने र ए डिभिजन क्लबहरुले जारी गरेको बिज्ञप्तिलाई मध्यनजर गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरिएको सबैमा जानकारी गराउँदछु,’ प्रवक्ता, सुरेश शाहले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेपछि क्लबहरु एन्फा असन्तुष्ट बन्दै खेलाडी नपठाउने घोषणा गरे पछि एन्फा आफनो निर्णयवाट पछि हटन बाध्य भएको हो ।

राष्ट्रिय टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले राष्ट्रिय टोलीका खेलाडीलाई बिहीबार बिहानबाट प्रशिक्षणका लागि बोलाएका थिए ।

साथै, क्लबहरुले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याचलगायत रकम उपलब्ध नगराएसम्म जेठ १९ गतेदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णयसमेत गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर