27.1 C
Kathmandu
 

चेल्सीविरुद्ध सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । चेल्सीविरुद्ध ४–१ को फराकिलो जित निकाल्दै म्यानचेस्टर युनाइटेड आगामी सिजनको यूएईएफए च्याम्पियन्स लिगमा छनोट भएको छ । प्रिमियर लिगमा बिहीबार घरेलु मैदानमा सहज जित निकाल्दै एरिक टेन हागको टोलीले तालिकाको शीर्ष चारमा रहँदै सिजनको अन्त्य गर्ने सम्भवनालाई निश्चित गरेको हो । डच प्रशिक्षक टेन हागको प्रशिक्षणमा युनाइटेडले यसअघि काराबाओ कपको उपाधि जित्दा आगामी महिना हुने एफए कपको फाइनलमा स्थान पक्का गरेको छ ।

ओल्ड ट्राफोर्डमा छैटौं मिनेटमा कासेमिरोले गरेको गोलबाट युनाइटेडले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एन्टोनी मार्सियलले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर पार्यो । ७३औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडको अग्रतालाई ३–० मा पूर्याएका थिए । त्यसको पाँच मिनेटपछि मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई ४–० सहज अग्रतामा पूर्याएका थिए ।

खेलको निर्धारित समयम सकिन एक मिनेट बाँकी रहँदा जोआओ फेलिक्सले चेल्सीबाट एक गोल फर्काएका थिए । यस सिजन चेल्सीले खेलेको ३७ खेलमध्ये यो १६औं हार हो । तालिकाको १२औं स्थानमा रहेको चेल्सीले ४३ अंकमात्र जोडेको छ । जितसँगै ३७ खेलबाट ७२ अंक जोडेको युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेड चौथो स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले र पाँचौ स्थानको लिभरपुलभन्दा ६ अंकले माथि छ । लिगमा अब अन्तिम एक खेलको नतिजामा मात्र आउन बाँकी छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर