30.5 C
Kathmandu
 

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

११ जेठ, काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा करोबार भएको छ । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर