18.1 C
Kathmandu
 

आईपीएल क्रिकेट : कोहलीको शतकमा बेङ्लोरको सहज जित

५ जेठ, काठमाडौं । विराट कोहलीको शतकप्रेरित रोयल च्यालेन्जर्स बेंलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

राजिव गान्धी रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १८७ रनको लक्ष्य बेङ्लोरले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । बेङ्लोरको जितमा ओपनर विराट कोहलीले १०० रन बनाए । कोहलीले ६३ बलमा १२ चौका र चार छक्का प्रहार गरे । कप्तान फाफ डू प्लेसिसले ४७ बलमा सात चौका र दुई छ्क्का प्रहार गरे ।

यी दुईले पहिलो विकेटका लागि १७२ रनको साझेदारी गर्दै बेङ्लोरको सहज जितको आधार तय गरेका थिए । हैदराबादका भुवनेश्वर कुमार र टी नटराजनले समान एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको हैदराबादले हेनरिक क्लासेनको शतकमा पाँच विकेट गुमाएर १८६ रनको योगफल खडा गरेको थियो ।

क्लासेनले ५१ बलमा आठ चौका र ६ छक्का प्रहारसहित १०४ रन बनाए । आईपीएलको इतिहासमा पहिलोपटक एकै खेलमा दुवै टिमको ब्याटरले शतक प्रहार गरेका हुन् । ह्यारी ब्रुकले २७, कप्तान मार्करम आइदेनले १८, राहुल त्रिपाठीले १५ र अभिषेक शर्माले ११ रन बनाए । बेङ्लोरका मिचेल ब्रासवेलले दुई विकेट लिए । हर्सल पटेल, सहबाज अहमेद र मोहम्मद सिराजले समान एक विकेट लिए । जितसँगै चौथो स्थानमा उक्लिएको बेङ्लोरले १३ खेलबाट १४ अंक जोड्दै प्लेअफ सम्भावनालाई कायम राखेको छ । १३ खेलबाट आठ अंक जोडेको हैदराबाद भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर