30.5 C
Kathmandu
 

डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

२० वैशाख, काठमाडौं । लोकसेवा आयोगले डाटा रिकभर हुने/नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको छ ।  पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उमेदवारहरूले मात्रै आवेदन दिनसक्नेछन् । दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ ।

डाटा रिकभरी अनिश्चित रहेकाले जेठ महिनादेखि सञ्चालन हुनेगरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसके आयोगको कार्यतालिका प्रभावित हुने आयोगको भनाइ छ । दरखास्त दिइ परीक्षाको तयारी गरिरहेका उमेदवारहरूलाई समेत मर्का पर्ने भन्दै आयोगले मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनमा पुनः आवेदन माग गरेको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर