27.1 C
Kathmandu
 

ओडीआईमा सन्दीपको कीर्तिमान, बने सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटर

काठमाडौ, ८ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमान कायम गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध भएको खेलमा १०० विकेट लिएसँगै सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रुपमा कीर्तिमान कायम गरेका हुन् । 

शुक्रबार ओमानविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । 

यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल बाँकी छँदै सन्दीपले तोडेर आफ्नो नाममा ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रुपमा नाम दर्ज गरेका हुन्  । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । 
 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर