12.1 C
Kathmandu
 

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दुई जना प्रहरी निलम्बन ।

काठमाडौं – कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा छानबिनमा लापरबाही गरेको भन्दै थप दुई जना प्रहरी निलम्बन परेका छन् ।

घटनाबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिको आइतबार सार्वजनिक प्रतिवेदनको सिफारिसका आधारमा थप दुई जना प्रहरीलाई निलम्बन गरेको प्रहरीप्रधान कार्यालयले जनाएको छ।

निलम्बनमा पर्नेमा सई हरसिंह धामी र जवान चाँदनी साउद परेका छन् । गृहमन्त्रालयले यसअघि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसएसपी डिल्लीराज बिष्टसहित पाँचजनालाई निलम्बन गरिसको छ। उनीहरुलाई अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै निलम्बित गरिएको हो ।

धामी घटना अनुसनधान अधिकृत हुन् भने साउद हत्या गरिएकी निर्मलाको कपडा धुने प्रहरी जवान हुन् । उनीहरुको गतिविधि संकास्पद भएकोले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीको भनाई छ ।

योसँगै निलम्बनमा पर्ने प्रहरी अधिकारीको संख्या ७ पुगेको छ । यसभन्दा अघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परेका थिए ।

सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित अनुसन्धान समितिले प्रमाण नष्ट गर्न घटनास्थल पुगेका प्रहरी नै सहभागी भएको निष्कर्ष निकालेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर