16.1 C
Kathmandu
 

टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व

मुम्बई, १५ चैत । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्सअफिसमा धमाल नै गर्यो । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन गर्यो । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय थियो । फिल्ममा अभिनेता सलमान खानले पनि केमियो गरेका थिए ।

अब चाँडै नै दर्शकले शाहरुख र सलमानलाई अर्को फिल्म ‘टाइगर बनाम पठान’मा एकसाथ देख्नेभएका छन् । यशराज फिल्मस्को स्पाई युनिभर्सबाट निर्माण हुने नयाँ फिल्मको तयारी सुरु भइसकेको छ । फिल्ममा शाहरुख र सलमान एकअर्काका विरोधी हुनेछन् । फिल्मको सुटिङ २०२४ को जनवरीबाट सुरु हुनेछ ।

‘टाइगर बनाम पठान’अघि शाहरुख र सलमान फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन् । कटरीना कैफको समय अभिनय रहने फिल्ममा शाहरुखको कमियो हुनेछ । सलमानको ‘टाइगर ३’ नोभेम्बर १० मा रिलिज हुँदैछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर