24.1 C
Kathmandu
 

कोसी नामकरणविरुद्ध आन्दोलन

इटहरी । प्रदेशको नाम ‘कोशी’ कि ‘कोसी’ भन्ने भाषाविद्हरूबीच विवाद भइरहँदा पहिचान पक्षधरहरूले भने प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् । मंगलबार पनि विराटनगरस्थित रोडशेष चौकमा पहिचान पक्षधर र सुरक्षाकर्मीहरूबीच झडप भएको छ ।

‘प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले प्रदेशको नामकरण कोसी स्वीकार नहुने भन्दै आन्दोलन जारी राखेको हो । आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको आन्दोलन दिउँसो करिब ४ बजेसम्म जारी थियो । प्रहरीले भीड नियन्त्रण लिन २९ राउन्ड हवाई फायर र ४४ राउन्ड अश्रुग्याँस प्रहार गरेको उनले बताए । यस्तै, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पानीको फोहरासमेत प्रहार गरेको थियो ।

‘प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि भीड नियन्त्रण लिन हामीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेका हौं,’ एसपी पोखरेलले भने, ‘आन्दोलनका क्रममा प्रहरीहरू पनि घाइते भएका छन् ।’यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर