30.5 C
Kathmandu
 

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

१४ चैत, काठमाडौं । नेपाली फुटबल टोलीले आज प्रधानमन्त्री त्रिदेशीय कपमा आज कमजोर प्रतिद्वन्द्वी भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  लाओसविरुद्धको पहिलो खेलमा रक्षात्मक रणनीति अपनाएका नयाँ प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले भुटानविरुद्ध फरक रणनीति अपनाउने संकेत दिएका छन् ।

अल्बर्टो एनेसको प्रशिक्षणमा बुधबार खेलेको पहिलो खेलमा नेपालले लाओसमाथि २–० को विजय पनि हासिल गरेको थियो । तर, नेपालको प्रदर्शन सन्तोषजनक भने हुन सकेन । नेपालले कमजोर टिमविरुद्ध आक्रमकभन्दा रक्षात्मक रणनीति अपनायो ।  त्यसैले त लाओसका मुख्य प्रशिक्षक हान्स माइकल वाइसले खेलपछिको पत्रकार सम्मेलनमा भनेका थिए, ‘‘नेपालले आक्रमकता देखाएन । हामीलाई कुरेर बस्यो । हाम्रो गल्तीलाई उपयोग गर्ने रणनीतिमा खेल्यो । आज बराबरी सही नतिजा हुने थियो ।’’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर