22.1 C
Kathmandu
 

ओएस नेपाल म्युजिक अवार्डका लागि आवेदन खुला

काठमाडौँ- चौथो ओएस नेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । ‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएस नेपाल म्युजिक अवार्ड-२०८०’ आयोजना गर्न लागेको आयोजक ओएस नेपाल मिडिया प्रालिले जनाएको छ ।

अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ । जसमा सहभागिता जनाउन देश तथा विदेशबाट सजिलै फारम भर्न सकिने प्रालिले जनाएको छ ।

यसका लागि एप्लिकेसन पार्टनरका रूपमा नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रो रहेको छ भने अवार्ड र फारमसम्बन्धी थप जानकारीका लागि ओएस नेपालको अनामनगर स्थित कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिनेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर