13.2 C
Kathmandu
 

रुपेन्देहीमा १८ लाख बराबरको अबैध कपडा बरामद

बुटवल, ४ चैत  । रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।

मायादेवी गाउँपालिका– ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।

रुपेन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवको ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामर गरिएको हो ।

प्रहरीका अनुसार महिलाले लगाउने लुगा देखी पुजाका लागि प्रयोग हुने लत्ताकपडाहरु  बरामद भएका छन । बरामद गरिएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर